बाबुरामको साथ पाएका चीनकाजीले मनोनयन दर्तापछि के भने ?
आइतबार, ०५ कात्तिक २०७४, १७ : ०३
काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार चीनकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका र कांग्रेसका उम्मेदवारलाई जित्न कसैले रोक्न नसक्ने बताएका छन् । श्रेष्ठलाई क्षेत्र नम्बर १ मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको समर्थन रहेको छ ।
आफ्नो मनोनयन दर्तापछि आयोजित संयुक्त कोणसभामा बोल्दै श्रेष्ठले भने, –गोरखामा नयाँ शक्ति र काँग्रेसका उम्मेद्वारले विजय हासिल गर्नेछ ।
उनले अहिलेको युग लोकतान्त्रिक युग भएको भन्दै संविधान निर्माण र कार्यन्वयनको कामपनि लोकतान्त्रिक शक्तिकै नेतृत्वमा भएको दाबी गरे ।
उनले काँग्रेस नेतृत्वको संविधान बनाउन बाबुराम भट्टराईको ठूलो हात रहेको उल्लेख गर्दै शान्ति प्रक्रियाको सूत्रपात गर्ने कुरामा बाबुरामको सोच रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा