शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको साथ पाएका चीनकाजीले मनोनयन दर्तापछि के भने ?

आइतबार, ०५ कात्तिक २०७४, १७ : ०३
आइतबार, ०५ कात्तिक २०७४

काठमाडौं–   नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार चीनकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका र कांग्रेसका उम्मेदवारलाई जित्न कसैले रोक्न नसक्ने बताएका छन् ।  श्रेष्ठलाई क्षेत्र नम्बर १ मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको समर्थन रहेको छ । 

आफ्नो मनोनयन दर्तापछि आयोजित संयुक्त कोणसभामा बोल्दै श्रेष्ठले भने, –गोरखामा नयाँ शक्ति र काँग्रेसका उम्मेद्वारले विजय हासिल गर्नेछ ।  

उनले अहिलेको युग लोकतान्त्रिक युग भएको भन्दै संविधान निर्माण र  कार्यन्वयनको कामपनि लोकतान्त्रिक शक्तिकै नेतृत्वमा भएको दाबी गरे । 

उनले काँग्रेस नेतृत्वको संविधान  बनाउन बाबुराम भट्टराईको ठूलो हात रहेको उल्लेख गर्दै शान्ति प्रक्रियाको सूत्रपात गर्ने कुरामा बाबुरामको सोच रहेको पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप