शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मनोनयन दर्तापछि बाबुरामले के भने ?

आइतबार, ०५ कात्तिक २०७४, १६ : ४६
आइतबार, ०५ कात्तिक २०७४

 काठमाडौं–नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गोरखा २ बाट प्रतिनीधिसभाका लागि उम्मेद्वारी दर्तागरेपछि गोरखालाई विकासको नमुना जिल्ला बनाउने प्रतिक्रिया दिएका छन् । 

उम्मेद्वारी दर्तापछि उनले मिडियाकर्मीसँग भने– यो सामान्य चुनाव मात्र होइन । संघीय लोकतान्त्रिक गणतन्त्रणको संविधानपछिको पहिलो चुनाव हो । यसले आगामी पााच बर्ष राजनीतिको मार्ग निर्देशन गर्छ । देशमा अहिले राजनीतिक एजेन्डा फेरिएको छ । पहिला लोकतन्त्रको लडाईं मुख्य थियो । अव नयाँ संविधान पछि हुन लागेको यो निर्वाचनको मुख्य मुद्दा भनेको विकास र समृद्धि हो । यसका लागि देशमा राजनीतिक स्थायीत्व चाहिन्छ भन्ने हो ।’

उनले अगाडि थपे, ‘अहिलेको चुनावी प्रणालीले एउटै दलले बहुमत ल्याउन सक्ने अबस्था छैन । यस्तोमा विचार मिल्ने पार्टीहरुवीच तालमेल गरेर जान राम्रो हुन्छ । अरुले पनि गरेका छन् । हामीले गोरखामा नयाँ उदाहरण पेश गरेका छौँ । जहाँ पनि काँग्रेस कम्युनिष्टवीचको दुई कित्ता देखिन्छ । हामीले त्यो भन्दा पनि मेलमिलापको नीतिलाई अगाडि सारेका छौँ । गोरखामा हामीले नयाँ प्रयोग गरेका छौँ । यो निकै नै महत्वपूर्ण छ । संयुक्त उम्मेद्वारको नाताले सवैको सहयोग रहनेछ भन्ने अपेक्षा छ । हामीले यो जिल्लालाई विकासका मोडल बनाएर लैजाने छौँ । हिजो जुन विचारका वैचारिक लडाई र पर्खाल थिए, अव ती भत्केका छन् । विकासका लागि मेलमिलाप वा पुल निर्माण गर्ने कुरा हो । शान्ति र स्थायीत्व कायम गर्ने कुरा हो ।  म गोरखाका जनताप्रति आभारी छु । यही हुर्केँ । यहीँबाट चुनाव लडेँ । अहिले अनेत्र जाने कुरा हुने थिएन । गोरखासँग मेरो भावनात्मक सम्बन्ध छ ।  फेरि गोरखा सामान्य जिल्ला पनि होइन । राज्य निर्माणको काम पृथ्वीनारायण शाहले यहीँबाट गरे । राणा शाहीको विरुद्ध लड्ने लखन थापा पनि गोरखाली नै थिए । राज्य निर्माण र लोकतन्त्रका लागि जस्तै विकास र समृद्धिको कुराको अगुवाई पनि गोरखाले गर्छ । यसका लागि हामी तयार छौँ ।  गोरखाका जनताले जनताले मत दिएर जिताउँछन् । राज्य निर्माण र लोकतन्त्रका लागि जस्तै आर्थिक समृद्धिका लागि यहाँबाट मेरो योगदान हुनेछ । गोरखालाई विकास निर्माणको नमुना बनाउने हो । यसका लागि नयाँ शक्ति र काँग्रेस दुवै प्रतिबद्ध भएर लाग्छन् । दुवैको प्रतिबद्धता रहन्छ । हामी संयुक्त अभियान चलाउछौँ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप