बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणकाजीपछि बाबुरामले दर्ता गराए मनोनयन (मनोनयनपत्र सहित)

आइतबार, ०५ कात्तिक २०७४, १६ : ३७
आइतबार, ०५ कात्तिक २०७४

गोरखा– नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले  गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 


 आइतबार दिउँसो दलबलसहित जिल्ला निर्वाचन कार्यालयमा पुगेर  भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् ।  भट्टराईको मनोनयन दर्ता क्रम संख्या ८ रहेको छ । 


भट्टराईलाई  क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको समर्थन रहेको छ भने  क्षेत्र नम्बर १ मा नयाँ शक्तिले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति छ । 


भट्टराईले मनोनयन दर्ता गराउनुअघि नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका थिए । 


श्रेष्ठलाई नेकपा एमालेको समर्थन रहेको छ । 


दुई हाइ प्रोफाइलका नेताबीच गोरखा २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप