शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी

आइतबार, ०५ कात्तिक २०७४, १३ : ०३
आइतबार, ०५ कात्तिक २०७४

मनाङ–  विवादास्पद पृष्ठभूमिका दीपक मनाङ्गे (राजीव गुरुङ) ले मनाङबाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । 
एमालेबाट टिकट नपाएपछि उनले प्रदेशसभाका लागि मनाङ ख बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । 
यसअघि एमाले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि उनको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, उनको सिफारिसप्रति चर्को  आलोचना भएपछि केन्द्रले अन्तिममा नाम काटेको थियो । 
उनले आफूले स्वतन्त्ररुपमै चुनाव लडेर जित्ने समेत दाबी गरेका छन् । 
राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे केहि पहिले एमालेमा प्रवेश गरेका थिए ।

स्मरण रहोस् मनाङेले स्वतन्त्रबाट उम्मेदवारी दिएपनि एमालेको झण्डासहित जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप