शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर १० को निर्वाचनका यी हुन् ‘हेभिवेट’ उम्मेदवार

आइतबार, ०५ कात्तिक २०७४, १२ : ४७
आइतबार, ०५ कात्तिक २०७४

काठमाडौं– आगामी मंसिर १० गते हुन लागेको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।   ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा  आज उम्मेदवारी दर्ता हुन लागेको हो । 

निर्वाचनमा एमाले  र माओवादी केन्द्रको बाम गठबन्धन रहेको छ भने कांग्रेसले पनि केहि जिल्लामा नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकसँग   तालमेल गरेको छ । 
वाम  गठबन्धनमा ३७ निर्वाचन क्षेत्रमध्ये एमालेले २१ सिट र माओवादीले १६ सिट भाग पाएका छन् ।  यस्तै कांग्रेसले ३४ सिटमा उम्मेदवारी दिँदा नयाँ शक्तिले २ र  राप्रपा प्रजातान्त्रिकसँग  १ सिटमा  तालमेल गरेको छ । 

३२ जिल्लामा ३७ सिटका लागि उम्मेदवारी दर्दा हुँदै गर्दा केहि हेभिवेटका नेताहरु समेत चुनावी मैदानमा खडा भएका छन् ।  

नेकपा एमालेका  सचिव योगेश भट्टराईकले ताप्लेजुङबाट उम्मेदवारी दिँदैछन्  । यस्तै माओवादीको तर्फबाट  सिन्धुपाल्चोक २ बाट अग्नी सापकोटा, नुवाकोट १ बाट हितबहादुर तामाङ, लमजुङबाट देव गुरुङ, गोरखा २ बाट नारायणकाजी श्रेष्ठ, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्र बहादुर शाहीले प्रतिनिधिसभामा उम्मेदवारी दिँदैछन् । 

यस्तै  गोरखा २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको उम्मेदवारी परेको छ । गोरखा २ मा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र भट्टराईबीच रोचक भीडन्त हुने देखिएको छ । 

यस्तै  नेपाली कांग्रेसबाट ओखरढुंगाबाट  रामहरि खतिवडा, सिन्धुपाल्चोक १ बाट मोहन बहादुर बस्नेत, नुवाकोट १ बाट रामशरण महत, नुवाकोट २ बाट अर्जुन नरसिंह केसी, मनाङबाट टेकबहादुर गुरुङ, गोरखा १ बाट चीनकाजी श्रेष्ठको उम्मेदवारी रहने छ । 

यता सिन्धुपाल्चोक २ बाट पशुपतिशमशेर राणाको उम्मेदवारी रहनेछ । 

मंसिर १० गते सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा निर्वाचन हुन लागेकाे हाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप