मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विवादास्पद गोलको मद्दतले बार्सिलोनाको अपराजित यात्रा जारी

आइतबार, ०५ कात्तिक २०७४, १२ : ३५
आइतबार, ०५ कात्तिक २०७४

बार्सिलोना । आन्द्रेस इनियेस्टाले एक वर्षपछि गोल गर्दा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राख्दै मालागालाई पराजित गरेको छ ।

खेलको दोस्रो मिनेटमा बार्सिलोनाले जेरार्ड डेलोफेउको गोलको मद्दतले अग्रता लिएको थियो । तर, यो गोल निकै विवादास्पद बन्न पुग्यो ।

लुकास डिग्नेले बल क्रस गर्न अघि उक्त बल मैदानभन्दा बाहिर गइसकेको थियो ।

बार्सिलोनाको दोस्रो गोल भने विवादरहित रह्यो । लियोनेल मेस्सीको पासमा कप्तान इनियेस्टाले बार्सिलोनाका अग्रता दोब्बर बनाए । सन् २०१६ को सेप्टेम्बरमा

च्याम्पियन्स लिगमा सेल्टिकविरुद्ध गोल गरेपछि उनको यो पहिलो गोल हो ।

जीतसँगै र्बािर्सलोना २५ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ भने मालागा मात्र १ अंक बटुल्दै लिगको पुछारमा रहेको छ ।

उता, भ्यालेन्सियाले सेभियालाई ४–० गोलअन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

अन्य खेलमा रियल बेटिसले आलाभेसलाई २–० गोलअन्तरले पराजित गर्यो भने लेभान्ते र गेटाफेले १–१ को बराबरी खेल्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप