शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा खहरे खोलाले बगाउँदा एक पुरुषको मृत्यु

बुधबार, ०९ असार २०७८, २३ : ०३
बुधबार, ०९ असार २०७८

खहरे खोलाले बगाउँदा  आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा  लमही नगरपालिका- ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि  माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा  आज साँझ ५ बजेतिर मृत्यु भएको  हो ।

उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप