बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अगुएरोको किर्तिमानसँगै सिटीलाई प्रिमियर लिगमा ५ अंकको अग्रता

आइतबार, ०५ कात्तिक २०७४, ११ : ०८
आइतबार, ०५ कात्तिक २०७४

म्यान्चेस्टर । सर्जियो अगुएरोले म्यान्चेस्टर सिटीको सर्वकालिन गोलकर्ताको किर्तिमान बराबरी गर्दा बर्नलीलाई हराउँदै टोलीले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाउन सफल भएको छ ।

अगुएरोले पहिलो हाफमा विवादास्पद पेनाल्टीबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । क्लबका लागि उनको यो १७७ औँ गोल थियो । गोलसँगै उनले एरिक ब्रुकको किर्तिमान बाराबरी गरे ।

क्लबका लागि किर्तिमानी लगातार ११ औँ जित निकाल्न खेलको दोस्रो हाफमा निकोलास ओटामेन्डी र लेरोय सानेले एक–एक गोल थपे ।

उता, शनिबारकै अन्य खेलमा चेल्सीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै वार्टफोर्डलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

खेलमा अग्रता भने चेल्सीले लिएको थियो । खेलको १२ औँ मिनेटमा पेड्रोले २५ यार्ड टाढाबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । 

तर, केही समयको अन्तरालमा अब्दुलाय डोकुरे र रोबर्टो प्रेयराले गोल गरेपछि चेल्सी आफ्नै घरेलु मैदानमा २–१ गोलले पछि परेको थियो ।

खेलको ७१ औँ मिनेटमा मिची बात्सुयायीले बराबरी गोल फर्काए भने सिजार एज्पिलिकुएटाले खेल सकिन ३ मिनेट बाँकी छँदा चेल्सीलाई अग्रता दिलाए ।

इन्जुरी समयमा बात्सुयायीले अर्को गोल थप्दै यस सिजन उत्कृष्ट खेलिरहेको वाटफोर्डविरुद्ध महत्वपूर्ण तीन अंक दिलाए ।

जीतपछि वाटफोर्डलाई उछिन्दै चेल्सी लिगको चौँथो स्थानमा उक्लिएको छ भने वाटफोर्ड पाँचौ स्थानमा पुगेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप