बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

बुधबार, ०९ असार २०७८, २२ : ४७
बुधबार, ०९ असार २०७८

चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज  परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो । 

चट्याङले राईकी छोरी ४५ वर्षीया तारा  र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ ।  घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र अस्थायी प्रहरी चौकी छितापोखरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा चट्याङबाट जोगिन विभिन्न ठाउँमा अर्थिङ जडान गरिएको छ । चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष  जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न ठाउँमा अर्थिङ जडान गरेका हुन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप