शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको सुनसहित २ जना पक्राउ

बुधबार, ०९ असार २०७८, २२ : २५
बुधबार, ०९ असार २०७८

प्रहरीले सिरहाको गोलबजारबाट स्रोत नखुलेको सुनसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेस क्याम्प गोलबजार र जिल्लाको टोलीले गोलबजार नगरपालिका ४ बाट लक्ष्मीपुर पतारी गाउँपालिका ४ का जीवछकुमार मण्डल र मो साउद्दिन खानलाई दुईसय ग्राम सुनसहित पक्राउ गरेको हो ।

प्रहरीलाई देखेर झोला फालेर भागेपछि उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारका प्रमुख इन्सपेक्ट श्यामबाबु यादवले जानकारी दिए । झोला र मोटरसाइकल छोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिई खोजतलास गर्दा सुन फेला परेको यादवले बताए ।  सुनसहित दुवैजनालाई जिल्ला भन्सार कार्यालय खयरटोका भन्सार कार्यालयमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप