शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलको कार्गोबाट राति ल्यापटप चोरेर फोहोरमा लुकाउने, दिउँसो डेरा लैजाने !

१३ वटा ल्यापटप चोरेको आरोपमा एक जना पक्राउ
बुधबार, ०९ असार २०७८, २१ : २७
बुधबार, ०९ असार २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विमानस्थलमा लोडरको काम गर्ने २९ वर्षीय विष्णु अधिकारी छन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका अधिकारीलाई चोरी गरेको ८ थान ल्यापटपसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए ।

नयाँ नेपाल जनशक्ति सर्भिस प्रालिको तर्फबाट कार्गो कम्प्लेक्सको निर्यात गोदाममा लोडरको काम गर्ने अधिकारीले ल्यापटप चोरी गरेका हुन् । रातको समयमा आयात तर्फको गोदामबाट उनले ल्यापटप चोरेर फोहोरमा लुकाउने गरेको र दिउँसो डेरामा लैजाने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

त्रिवि शाखा कार्यालयले संचालनमा ल्याएको कार्गो कम्प्लेक्सबाट २९ वर्षीय अधिकारीले जेठ २० मा ७ र असार ३ मा ६ थान गरी १३ थान ल्यापटप चोरी गरेको पाइएको छ ।

चोरीको सूचना आएपछि विमानस्थल सुरक्षा कार्यालय र महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान गरेको थियो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ वेशीगाउँ बस्ने उनलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप