गण्डकीमा ३७६ जना कोरोना संक्रमणमुक्त, थप ४ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परीक्षणमा २१६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १०२ महिला र ११४ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
विगतको तुलनामा केही दिन देखि गण्डकी प्रदेशमा कोरोना संक्रमित र मृतकको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा २१६ जना संक्रमित थपिएको र ४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ६०, बागलुङ १७, नवलपरासी ३९, स्याङजा १६, तनहुँ ४, लमजुङ २१, पर्वत ५० र म्याग्दीमा ९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ३८७ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्यका आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनकाअनुसार कास्कीमा ३, र स्याङजामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९०५ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ३७१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके