शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१४९ सांसद्ले दाबी पेश गरेपछि रोक्ने 'हु आर यु' ? : शम्भु थापा

बुधबार, ०९ असार २०७८, १७ : ०२
बुधबार, ०९ असार २०७८


वरिष्ठ अधिवक्ता शम्भु थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउन कसैले रोक्न नमिल्ने बताएका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइको क्रममा बोल्दै थापाले विश्वासको मतको आधार फ्लोर टेष्ट भएको तर्क पेश गरे ।

'विश्वासको मतको आधार फ्लोर टेष्ट हो । १४९ सांसदको दावी पेश गरेपछि तपाईं को हो ? हु आर यु ?,' थापाले राष्ट्रपतितर्फ इंगित गर्दै प्रश्न गरे, 'के त्यहाँ कोही एमाले र कोही माओवादीका सांसदले भोट हाल्न नसक्ने छन र ? जनताको प्रतिनिधिलाई तपाईंले सरकार बनाउन बाट रोक्न मिल्छ ?'

उनले प्रधानमन्त्री र राष्ट्रपतिले भनेजस्तै यो राजनीतिक प्रश्न नभएको जिकिर गरे । थापाले भने, 'म विश्वासको मत पाउन सक्दिनँ' भनेर राजीनामा नदिनु चाहिँ राजनितिक प्रश्न हो । विश्वासको मत नपाएपछि संविधान बमोजिम पदमुक्त हुनुपर्दैन ? केपी ओली जी जसरी विश्वासको मतबाट बाहिर जानुभो, उहाँलाई अब ७६ को उपधारा ५ अनुसार दाबी गर्ने अधिकार छैन ।'

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप