शम्भु थापालाई प्रधानन्यायाधीशले सोधे–‘बहुमत नपुगेपछि राष्ट्रपतिले फेरि इन्कार गर्न पाउनुहुन्छ नि हैन ?’
वरिष्ठ अधिवक्ता शम्भु थापालाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहुमत नपुगेको अवस्थामा फेरि पनि राष्ट्रपतिले इन्कार गर्न पाउने की नपाउने भन्नेबारे प्रश्न गरेका छन् । संवैधानिक इजलासमा विघटन मुद्दामा सुनुवाइ गर्दा जबराले थापालाई सोधे– ‘बहुमत नपुगे फेरि पनि राष्ट्रपतिले इन्कार गर्न पाउनुहुन्छ नि हैन ?’ धारा ७६ (१) ले बहुमत प्राप्त दल भनेको उल्लेख गर्दै जबराले उपधारा–३ मा गएपछि फेरि आधार उपधारा–१ कै भएको बताए ।
थापाले आफैंले पालना नगर्ने हो भने संविधान किन लेखेको भनेर प्रतिप्रश्न गरे । ‘अर्को संविधानको जन्म दिए भैहाल्यो निँ‘ थापाले भने–‘आफु पालना नगर्ने हो भने संविधान लेखेको किन ?’
प्रधान न्यायाधीशले अर्को प्रश्न सोधे– उहाँले (राष्ट्रपतिले) हेड काउन्ट गर्नुभो, १३६ पुगेन भने रिजेक्ट गर्न पाउने की नपाउने ?’
जवाफमा थापाले भने –‘रिजेक्ट गर्न पाइन्छ भनेर म भन्दिनँ । किनभने यहाँ मन्त्रिपरिषद् जन्मिनै पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक
-
नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यक
-
एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस