बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६५ वर्षमा युनाइटेड पहिलो पटक हडर्सफिल्डसँग पराजित

आइतबार, ०५ कात्तिक २०७४, १० : ४८
आइतबार, ०५ कात्तिक २०७४

म्यान्चेस्टर । प्रिमियर लिगको उपाधि होडमा रहेको म्यान्चेस्टर युनाइटेड हडर्सफिल्ड टाउनसँग १–२ गोलअन्तरले स्तब्ध बनेको छ । 

युनाइटेड हडर्सफिल्ड टाउनसँग पराजित भएको ६५ वर्षमा पहिलो पटक हो । 

पराजयसँगै जोसे मोरिन्होको टोलीको यस सिजनको अपराजित यात्रा अन्त्य भएको छ भने शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग ५ अंकले पछि परेको छ ।

युनाइटेडले लिगमा पछिल्ला ८ खेलमा मात्र दुई गोल खाएको थियो तर, शनिबार राती भएको खेलमा दुई गल्तीका कारण दुई गोल खान पुग्यो ।

हुवान माटाले गल्ती गर्दा एरोन मुनीले हडर्सफिल्डलाई अग्रता दिलाए भने भिक्टर लिन्डेलफको गल्तीको फाइदा उठाउँदै लरेन्ट डेपोइट्रेले अग्रता दोब्बर बनाए ।
खेलको दोस्रो हाफमा मोरिन्होले मार्कस रासफोर्ड र हनेरिक मिखेतारियनलाई मैदानमा प्रवेश गराए ।

रासफोर्डले खेल सकिन १२ मिनेट बाँकी छँदा रोमेलु लुकाकुको क्रसमा युनाइटेडका लागि गोल फर्काएर केही आशा दिलाए पनि युनाइटेडले अर्को गोल फर्काउन सकेन ।

खेलमा युनाइटेडले लगभग ८० प्रतिशत बल नियन्त्रणमा राखे पनि सन् १९५२ पछि हडर्सफिल्डले युनाइटेडलाई लिगमा पहिलो पटक हराउन सफल रह्यो । योसँगै टोलीले ६ खेलको जीतविहिन यात्रा पनि अन्त्य गरेको छ ।

हिजै भएका अन्य खेलमा लेस्टर सिटीले स्वान्सीलाई २–१ गोलअन्तरले पराजित गर्यो भने न्युकासलले क्रिस्टल प्यालेसलाई हराउँदै लिगको छैटौँ स्थानमा उक्लेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप