आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक शर्मासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब ३३ लाख विगो दाबी
बुधबार, ०९ असार २०७८, २१ : ००
![आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक शर्मासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब ३३ लाख विगो दाबी](https://rpcdn.ratopati.com/media/albums/chuda_OoGcX7MYvX.jpg)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार कर फर्छ्यौट आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको सम्बन्धमा मुद्दा दायर गरिएको हो ।
उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘अनि देवराली रुन्छ’को कथा : यसलाई कसैले फिल्म नबनाओस्...
-
अहिले नै सरकारबाट लोसपा बाहिरिने अवस्था बनिसकेको छैन : शुक्ला
-
तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह
-
ग्वार्को फ्लाइओभर चैतभित्रै सञ्चालनमा ल्याउने सरकारको दाबी
-
केपी ओली संसद् विघटन गर्ने गृहकार्यमा छन् : पुन
-
बागमती गोल्डकप : आयोजकलाई हराउँदै सर्लाहीको विजयी सुरुवात