मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपाली मूलका कलाकार केसी चित्रकला प्रतियोगितामा प्रथम

बुधबार, ०९ असार २०७८, ०९ : ५९
बुधबार, ०९ असार २०७८

करिव डेढ दशक देखि डिसी महानगर क्षेत्रमा जम्दै आएका नेपाली मूलका कलाकार /चित्रकार राजेन्द्र केसीले बनाएका चित्रकलाले प्रथम स्थान हासिल गरेको छ ।

उनले अमेरिकाको मेरिल्याण्ड राज्यको एलिकट सिटी नामक शहरमा आयोजना भएको चित्रकला प्रतियोगितामा पहिलो स्थान हासिल गरेका हुन् ।

उक्त प्रतियोगितामा सहभागी हुने केसी नेपाली मूलका एक मात्र कलाकार हुन् । उनले जुरिड आर्टिस्टको रुपमा उक्त प्रतियोगिता सहभागी हुँदा उनले ४० जना अमेरिका भरिका कलाकारलाई पछि पार्दै पहिलो स्थान भएका हुन् ।

उक्त प्रतियोगितामा अमेरिका भरिका थुप्रै कलाकारहरुले सहभागी हुन् पाउँछन् तर निर्णायक समितिले ४० जनालाई मात्र छनौट गर्दछ । ती ४० जना मध्ये उत्कृष्ट मध्ये चित्रकार केसी प्रथम भएका हुन् ।

उनले उक्त प्रतियोगितामा प्रथम भएपछि सामाजिक संजाल मार्फत उनले यो मेरो जीवन-यात्राको धेरै शीर्ष चुनौती हो भनि खुशी व्यक्त गरेका छन् ।

उनले उक्त प्रतियोगितामा दुई वटा चित्रकला बनाएका थिए भने उक्त चित्रकला तुरुन्तै बिक्री भएको छ । उक्त प्रतियोगिता मेरिल्याण्ड राज्यको ऐतिहासिक शहर एलिकोटमा जुन १० -१३ सम्म चलेको थियो । गत जुन १८ शुक्रबारका दिन जुम (परोक्ष ) माध्यमबाट कलाकार राजेन्द्र केसीलाई पुरस्कार प्रदानको घोषणा गरेको थियो ।

यो विजयी संगै फेरी मेरिल्याण्डमा हुने अर्को प्रतियोगितामा केसी सहभागी हुने भएका छन् ।  

डिसी क्षेत्रमा रहने केसीले विभिन्न पुरस्कार पाइरहने गर्दछन् । काठमाडौँ जावलाखेल घर भई झन्डै १४ वर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउँदा आफूभित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउँदा उकुसमुकुस भएको बताएका थिए ।

उनले अमेरिकाका स्थानीय विदेशी कलाकारहरूसँग हातेमालो गरे पछि आफू पनि विदेशीसंगै अगाडि बढ्न मार्ग खोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप