शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा नेपालीले देउसी-भैलो खेल्दै यसरी मनाए भाईटिका (तस्बिरसहित)

आइतबार, ०५ कात्तिक २०७४, ०९ : ४४
आइतबार, ०५ कात्तिक २०७४

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको तिहारको पाँचौ एवम अन्तिम दिन भाईटिका मनाएका छन् । अमेरिकामा अब दुई पुस्ते र तीन पुस्ते परिवार पनि भेला हुने भएकोले नेपाल जस्तै गरि भाईटीका मनाएका छन् ।

आज अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यस बर्षको तिहारलाई बिदा गरेका छन् । 

यस पटक भाईटीका शनिबार बिदा भएको र मध्यान्ह ११ बजेर ५५ मिनेटको साइत देखि रातिको समय सम्म दिनभर भाइटीका लगाएका छन् ।

अमेरिकामा जन्मेका बालबालिका, पहिलो पुस्ता, बिद्यार्थी, कलाकार, साहित्यकार, पत्रकार, पर्यटक ,ब्यबसायी तथा विभिन्न पेसाका नेपाली समुदायले काग तिहार, कुकुर तिहारको साथै भाईटीका समेत मनाएका छन् ।

तिहारका लागि नेपालमा पाइने सबै सामग्रीहरु नेपाली पसल तथा भारतीय पसलमा समेत उपलब्ध हुनाले दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय अन्य बिधि अनुसार पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर समेत फुटाई परम्पराअनुसार भाईटीका मनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप