भीम रावलको प्रश्नः प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला?
मङ्गलबार, ०८ असार २०७८, २२ : ००

एमाले नेता भीम रावलले आज सर्वोच्च अदालतको आदेशले कामचलाउ प्रधानमन्त्री केपी ओलीबाट भएको गलत कार्य खारेज भएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धति अबलम्बन गरिएकोमा त्यसलाई सर्वोच्चले खारेज गरेको उनको भनाइ छ ।
उनले यो आदेशपछि के प्रधानमन्त्रीले राजनीतिक नैतिकताको बोध गर्नुहोला भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’
उनले मन्त्रिपरिषद् विस्तार हुँदा पनि ओलीको यो कदम चरम बेथिति र मन्त्रिपरिषद् प्रतिकै अवमूल्यन भएको टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज तपाईंको दिन कस्तो रहला ? हेरौं राशिफल
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी