मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

निजी स्वास्थ्य संस्थासँग सरकारले सम्झौता तोड्यो, अब सरकारी मात्रै कोभिड १९ अस्पताल

मङ्गलबार, ०८ असार २०७८, १८ : २९
मङ्गलबार, ०८ असार २०७८

सरकारले कोभिड १९ उपचारका लागि सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकललाई मात्र तोकेको छ । असार गते ६ गते सचिवस्तरीय तहबाट यस्तो  निर्णय भएको हो । 

सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरूलाई आजका मितिदेखि १० दिनभित्रको उपचारको मात्र शोधभर्ना दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले जनाएका छन् । 

साथै सम्पूर्ण निजी अस्पतालहरूलाई नेपाल सरकारले तोकेको दर रेटभन्दा वढी शुल्क नलिई सेवा प्रवाह गर्न आग्रह गर्दै अन्यथा भए कारवाही हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप