शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थप ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

मङ्गलबार, ०८ असार २०७८, २० : ००
मङ्गलबार, ०८ असार २०७८

पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप