शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिकोणात्मक क्रिकेट श्रृंखलाको तयारी सुरु

मङ्गलबार, ०८ असार २०७८, १४ : ५८
मङ्गलबार, ०८ असार २०७८

स्कटल्यान्ड, नामिविया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किएका  प्रशिक्षक डेभ ह्वाटमोरले यस नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् । 

स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको हो । जुलाई अन्तिम सात हुने श्रृंखलमा सहभागि हुने खेलाडी र अफिसियलको सोमबार कोरोना परिक्षण नेगेटिभ आएसँगै श्रृंखलाको तयारी सुरु भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा पहिलो दिन यस अघि नेपाल क्रिकेट संघले जारी गरेका २० खेलाडी मध्येबाट १९ खेलाडीले अभ्यास गरे । 

पृथु बास्कोटा प्रशिक्षणमा सहभागी थिएनन् । बास्कोटा व्यक्तिगत कारण देखाएर पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएका थिए । कोरोना महामारी पछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अहिले मौसम प्रतिकुल भएको छ । धेरै समय पछि एक दिवसीय खेल खेल्नका लागि फिल्डमा गर्ने काम मौसमका कारण समयमा नै हुन नसकेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले बलिया राष्ट्रहरुसँग हुने प्रतिस्पर्धाका लागि मेहनत गर्नु पर्ने बताए ।  

कप्तान ज्ञानेन्द्रले भने जस्तै स्पेनमा हुने एक दिवसीय श्रृंखलाका लागि मौसम प्रतिकुल भएको भन्दा प्रशिक्षक ह्वाटमोरले मौसम अनुसारको तयारी गर्नुे पर्ने औंल्याए । प्रशिक्षक ह्वाटमोरले पहिलो पटक टोली सम्हाल्दा ट्वान्टी–२० खेलमा नेपालले नेदरल्यान्ड्स र मलेशियासँगको श्रृंखलामा उपाधि हात पारेको थियो । स्पेनमा हुने श्रृंखला भिन्न संरचनाको हुने भएकोले फरक रणनीति अनुसार अभ्यास गर्नु पर्ने बताए ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । 

लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज कोरोनाका कारण यस अघि नै स्थगित भएको थियो । पछिल्लो समय आईसिसिले परिमार्जन गरेको विश्वकप सहभागिता नयाँ ढाँचा अनुसार नेपालको बलियो सम्भावना रहेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले दीर्घकालिन योजना बनाएर कार्यान्वयन गरे नेपालको माथि उक्लने सम्भावना रहेको बताए ।

स्कटल्यान्डमा तय भएको खेलहरु विशेषकारण स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुँदैछ । आइसीसीले एकदिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलो पटक सिरिज हुन लागेको हो । सन् २०२३ को विश्वकप छनौटका आधार रहेको लिग–२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनौट खेल्ने मौका पाउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप