शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेसीले बनाए नयाँ कीर्तिमान

मङ्गलबार, ०८ असार २०७८, १३ : २८
मङ्गलबार, ०८ असार २०७८

कोपा अमेरिका फुटबल अन्तर्गत लियोनल मेसीले पाराग्वे विरुद्धको खेलमा गोल गर्न सकेनन् । एन्जेल डि मारियाको पासमा अलेस्यान्द्रो गोमेजले अर्जेन्टिनाबाट निर्णायक गोल गरे ।  तर, रेकर्ड भने कप्तान मेसीको नाममा रह्यो । उनले अर्जेन्टिनाको जर्सीमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बराबरी गरेका हुन् । अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा मेसीको यो १ सय ४७ औं अन्तर्राष्ट्रिय खेल हो । पूर्व कप्तान जाभियर मास्चिरानोले पनि यति नै खेल खेलेका छन् । 

यो किर्तिमान पछि मेसीलाई मास्चिरानोले बधाई दिएका छन् । ‘अर्जेन्टिनाका लागि कीर्तिमानी खेल खेलेकोमा लियोलाई बधाई !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।  अर्जेन्टिनाको इतिहासमा केवल ६ खेलाडीले मात्रै १ खेलको कोशेढुंगा पार गरेका छन् । अहिले सक्रिय खेलाडीमध्ये मेसी र डि मारियासँगमात्र १ सयभन्दा धेरै खेलको अनुभव छ । 

अर्जेन्टिनाबाट मेसी र मास्चिरानोले १ सय ४७, जाभियर जेनेट्टीले १ सय ४३, रोबर्टो आयलाले १ सय १४, एन्जेलडी मारियाले १ सय ७ र डिएगो सिमोनीले १ सय ३ खेल खेलेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप