शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा

मङ्गलबार, ०८ असार २०७८, १३ : ०७
मङ्गलबार, ०८ असार २०७८

कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ । यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको हो । अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा एन्जेल डि मारियाको पासमा उनल गोल गरेका हुन् । 

खेलमा धेरै अवसर सिर्जना गरेपनि लियोनल मेसी र सर्जियो अग्वुइरो गोल गर्नबाट चुके । प्रतियोगिताअन्तर्गत मंगलबार समूह एकै खेलमा चिलीले बोलिभियालाई १–० ले हरायो । चिलीका लागि एन्टोनी बीरेरेटनले निर्णायक गोल गरे । 
समूहमा शीर्ष स्थानको अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ । त्यस्तै, दोस्रो स्थानको चिलीको ५, तेस्रो स्थानको पाराग्वेको ३, चौथो स्थानको उरुग्वेको १ र पुछारको बोलिभियाको शून्य अंक छ । पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा उरुग्वेलाई हराएको थियो । अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालो बोलिभियाको सामना गर्नेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप