बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाराग्वेबिरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जीत

मङ्गलबार, ०८ असार २०७८, १० : ५८
मङ्गलबार, ०८ असार २०७८

कोपा अमेरिकामा अर्जेन्टिनाले पारग्वेमाथि संघर्षपूर्ण जीत निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना १–० को झिनो अन्तरले विजयी भएको हो ।

खेलमा अलेजान्द्रो गोमेजले खेलको १० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा पाराग्वेले अर्जेन्टिनालाई दबाबमा राखे पनि गोल भने फर्काउन सकेन ।

जीतसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अर्जेन्टिनाले २ मा जीत र एक मा बराबरी खेलेको छ । उसको सात अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप