बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियमको सहज जीत, दोस्रो चरण पुग्ने फिनल्यान्डको आश कायम

मङ्गलबार, ०८ असार २०७८, ०८ : ४२
मङ्गलबार, ०८ असार २०७८

बेल्जियमले फिनल्यान्डलाई अन्तिम खेलमा २–० ले हराएको छ । यससँगै समूहमा सबै तीन खेल जितेर बेल्जियमले ९ अंक बटुल्यो । 

इडेन हाजार्ड, केभिन डि ब्रुयानेलगायत एक से एक स्टारले भरिएको बेल्जियम पहिलो हाफमा निकै आक्रामक देखिएको थियो, तर फिनल्यान्डले उत्कृष्ट डिफेन्स गर्दै पहिलो हाफ बराबरीमै टुंग्यायो । 

निकै उत्कृष्ट बचाउहरु गरिरहेका गोलकिपर 
लुकास रेड्याच्कीले ७५ मिनेटमा आत्मघाती गोल गरेपछि फिनल्यान्डलाई पहिलो झट्का लागेको थियो । थोमस भर्माइलनले कर्नरमा गरेको हेडरले गोलपोस्टमा ठोक्किएपछि गोलकिपर अलमलमा परेका थिए  । 

त्यही बल रिबाउन्डमा फर्किएर रेड्याच्कीको हातमा लाग्दै गोलमा परिणत भयो । 

यसको ५ मिनेटपछि रोमेलु लुकाकुले अर्को गोल थपे । जारी प्रतियोगितामा लुकाकुको यो तेस्रो गोल हो । यसअघि उनले रुसविरुद्धको सुरुवाती खेलमा दुई गोल गरेका थिए । 

सकिएको छैन फिनल्यान्डको संभावना 
समूह बीबाट बेल्जियम पहिलो र डेनमार्क दोस्रो भएर अन्तिम १६ मा पुगेका छन् । डेनमार्क, फिनल्यान्ड र रुसको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा यी टोलीहरु क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

तेस्रो स्थानको फिनल्यान्ड समूहमा तेस्रो हुने उत्कृष्ट ४ टोलीमध्ये एक बनेर अन्तिमा १६ मा पुग्नसक्छ । तर यसका लागि ६ वटै समूहका खेल सकिनुपर्छ । त्यसपछि अंक र गोलअन्तर समेतका आधारमा उत्कृष्ट चार टोली चयन हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप