शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेनमार्क दोस्रो चरणमा, रुस ४–१ ले पराजित

मङ्गलबार, ०८ असार २०७८, ०८ : ०४
मङ्गलबार, ०८ असार २०७८

डेनमार्कलाई अन्तत युरो च्याम्पियनसिपमा खुसी मनाउने बहाना मिलेको छ । आन्द्रेस क्रिष्ट्रिन्सेन र जोआकिम माइल्लेले अन्त्यतिर दुई गोल गर्दा रुसविरुद्ध डेनमार्क ४–१ ले विजयी भयो । 

ड्याम्सगार्डले ३८ मिनेट गोल गर्दै डेनमार्कलाई अघि बढाएका थिए, युसुफ पाउलसेनले ५९ मिनेटमा अग्रता दोब्बर पारे । ७० मिनेटमा डिजुबाले रुसबाट गोल फर्काउँदा खेल २–१ को अवस्थामा थियो । त्यसपछि दुबैले आक्रमणमा जोड दिए । ७९ मिनेट क्रिस्टेन्सन र ८२ मिनेटमा माइल्लेले गोल गर्दा फिनल्यान्ड ४–१ ले विजयी भयो । 

जसकारण, गोलअन्तरमा फिनल्यान्ड र रुसलाई पछि पार्दै उसले अन्तिम १६ को यात्रा गरेको छ ।  यता, सेन्ट पिटर्सवर्गमा फिनल्यान्डलाई २–० ले हराएको बेल्जियम समूह बीमा शीर्ष स्थान हात पार्दै अन्तिम १६ मा पुग्दा तीन अंक हात पारेको डेनमार्क उपविजेता बनेको हो । तेस्रो स्थानमा रहेको  फिनल्यान्ड र चौथा स्थानको रुसको पनि तीन–तीन अंक छ । 

त्यहीकारण, उत्कृष्ट हुने तेस्रो टोलीका रुपमा दोस्रो चरण पुग्ने फिनल्यान्डको संभावना कायम छ । तर सबै समूहका खेल सकिएपछि मात्रै यसको टुंगो लाग्नेछ ।

जारी युरोमा डेनमार्कको यात्रा उतार चढावपूर्ण रह्यो । नल्यान्डविरुद्ध आफ्ना स्टार खेलाडी क्रिस्टियन इरिक्सन मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरुमा मानसिक असर प¥यो । इरिक्सन होशमा आएको खबर सुन्नासाथ उक्त खेल फेरि सुचारु गरियो । र, डेनमार्क १–० ले पराजित भयो । 

दोस्रो खेलमा शक्तिशाली बेल्जियमसँग डेनमार्क पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप