विमलेन्द्र, शंशाक र प्रकाशमानबीच 'अर्थपूर्ण' भेटवार्ता
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको आकांक्षी तीन नेताबीच 'लञ्च मिटिङ' भएको छ । काँग्रेस उपसभापति बिमलेन्द्र निधिको निवास बानेश्वरमा महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानबीच छलफल भएको हो ।
संस्थापन पक्षमा रहेका निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रहेका कोइराला र सिंहबीचको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको दौउडमा देखिएका बेला नेतात्रयबीचको छलफलले नयाँ समीकरण सम्भवानालाई सतहमा ल्याइदिएको छ ।
शनिबार मात्रै पार्टी सभापति देउवा र निधिबीच उम्मेदवारीबारे सवाल जवाफ भएको थियो । दुबै जनाले एक अर्कालाई नछोड्ने अडानसहित उनीहरु छुटिएका थिए । आफूनिकट केन्द्रीय पदाधिकारी र सदस्यहरुसँग गरेको प्रदेशस्तरीय छलफलमा देउवाले सभापतिको उम्मेदवार आफैं हुने घोषणा गरेका थिए ।
निधिले १३ औं महाधिवेशनमा जनाएको प्रतिबद्धता र सरकारको नेतृत्वका लागि अघि बढिरहेको परिदृश्यमा सभापतिमा आफूलाई बनाएर सहयोग गर्न देउवासँग आग्रह गरेका थिए ।
देउवाले आफूले नछोड्ने बताएपछि निधिले भावी समीकरण अभ्यास थालेको बुझिएको छ । यद्यपि आजको छलफल कुनै सहमति भने नभएको उसभापति निधि स्रोतले रातोपाटीलाई बतायो ।
स्रोतका अनुसार आजको छलफलमा तीनै जानले एक अर्कासँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । आगामी दिनमा फेरि छलफल गर्ने गरी नेतात्रयको बैठक सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण