बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोर्चा र एराप्रपा (राष्ट्रवादी)बीच चुनावी तालमेल

शनिबार, ०४ कात्तिक २०७४, १० : ५५
शनिबार, ०४ कात्तिक २०७४

काठमाडौं - ३३ दलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे शुक्रबार सहमति भएको छ । 

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले एराप्रपा राष्ट्रवादी लाई समर्थन गर्ने र आयातकारभित्रको हलो चुनाव चिह्नमा चुनाव लड्ने निर्णय भएको मोर्चाका संयोजक युवराज सफल र एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ । 

हाललाई चुनावी तालमेल र निकट भविष्यमा पार्टी एकीकरण गरी वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्न पार्टी एकीकरणसमेत गर्ने निर्णय भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप