शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरराष्ट्रिय दंगलको उपाधि भारतीयलाई

शनिबार, ०४ कात्तिक २०७४, १० : ५१
शनिबार, ०४ कात्तिक २०७४

नवलपरासीमा जारी अन्तरराष्ट्रिय कुस्ती (दंगल) प्रतियोगिताको उपाधि भारतका शैलेश पहलवानले हासिल गरेका छन् । 

नवलपरासीको प्रतापुर गाउँपालिका वडा नं ७ गुठी सूर्यपुरामा शुक्रबार आयोजित विराट दंगल प्रतियोगिता शैलेश सो उपाधि जित्न सफल भएका हुन् । 

प्रथम उपाधिका लागि भारत, गोरखपुरका शैलेश र भारतकै महराजगञ्जका बल्ले पहलवानबीच प्रतिस्पर्धा भएको थियो । 

शैलेशले पाँच हजारसहित पदक र द्वितीय हुने बल्लेले तीन हजार र पदक प्राप्त गरेका छन् । 

लक्ष्मी पूजा समिति गुठी सूर्यपुराको आयोजनामा भएको प्रतियोगितामा विजयी कुस्तीबाजलाई निवर्तमान सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गरे । 

प्रतियोगितामा २० पहलवानले प्रतिस्पर्धा गरेका गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप