काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाई सेवा
आइतबार, ०६ असार २०७८, १६ : ४८

भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको छ । राजधानी श्रीनगरमा रहेको स्टेसनसहित काश्मिर क्षेत्रका ६ हजार २१ स्टेशनमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरूका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो । रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गरे । --एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट डिपोर्ट भएका ३ भुटानी नागरिक झापामा पक्राउ
-
एकीकृत समाजवादी निकट खेलकुद महासंघको महाधिवेशन सोमबारदेखि
-
विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने
-
निर्मल निवासले बालेनको पत्र नबुझेपछि अर्को प्रक्रियामा जाने
-
प्रेस सेन्टरमा सहमति हुन सकेन, निर्वाचन प्रक्रियामा विलम्ब
-
एकीकृत समाजवादीले ‘राजावादी हर्कत’ को देशव्यापी भण्डाफोर गर्ने