बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालोपयोगी केही सामान्यज्ञान

आइतबार, ०६ असार २०७८, १५ : ३३
आइतबार, ०६ असार २०७८

 

 

१, नामको पछाडि सर्वप्रथम शम्शेर लेख्ने कुन राणा प्रधानमन्त्री हुन् ?

(क) धीरशम्शेर (ख) वीरशम्शेर (ग) देवशम्शेर (घ) चन्द्रशम्शेर

२, जुडशीतल पर्व नेपालको कुन स्थानमा मनाउने गरिन्छ ?

(क) तराई (ख) काठमाडौँ उपत्यका (ग) पहाडी भूभाग (घ) हिमाली क्षेत्र

३, पोखरा – भैरहवा राजमार्गलाई के भनिन्छ ?

(क) पृथिवी राजमार्ग (ख) महेन्द्र राजमार्ग (ग) सिद्धार्थ राजमार्ग (घ) अरनिको राजमार्ग

४, चारवेदमा तलको कुन वेद पर्दैन ?

(क) सामवेद (ख) अथर्ववेद (ग) यजुर्वेद (घ) धनुर्वेद

५, महापुराणहरू कतिवटा छन् ?

(क) १६ वटा (ख) १७ वटा (ग) १८ वटा (घ) १९ वटा

६, प्रशिद्ध तीर्थस्थल देवीघाट कुन जिल्लामा पर्छ ?

(क) नुवाकोट (ख) धादिङ (ग) रसुवा (घ) सिन्धुपाल्चोक

७, हाल गण्डकी प्रदेशको मुख्यमन्त्री को हुनुहुन्छ ?

(क) कृष्णप्रसाद पोखरेल (ख) कृष्णचन्द्र नेपाली पोखरेल (ग) शङ्कर पोखरेल (घ) पृथिवी सुब्बा गुरुङ

८, महाभारतको युद्ध कति दिन भएको थियो ?

(क) १६ दिन (ख) १७ दिन (ग) १८ दिन (घ) १९ दिन

९, दुईपटक बजेट पास गर्ने देश कुन हो ?

(क) भारत (ख) चीन (ग) रुस (घ) फ्रान्स

    उत्तरहरू

१ (ख), २ (क), ३ (ग), ४ (घ), ५ (ग), ६ (क) ७ (ख) ८ (ग) ९ (घ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप