शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदारले मागे कांग्रेस उपसभापति

शुक्रबार, ०३ कात्तिक २०७४, २१ : ०५
शुक्रबार, ०३ कात्तिक २०७४

विराटनगर-  उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताउनुभएको छ । 


विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले लोकतान्त्रिक फोरम र काँंग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेस लहर उत्पन्न भएको र पार्टी एकीकरणका क्रममा काँंग्रेससँग आपूmलाई उपसभापति पद दिने समझदारी भएको जिकिर गर्दै उहाँले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको बताउनुभयो । 

उहाँले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आपूm सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप