बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

केआरकेले आमिर खानबारे के भने त्यस्तो ? ट्वीटरले ब्लक गरिदियो अकाउन्ट

शुक्रबार, ०३ कात्तिक २०७४, १८ : ०२
शुक्रबार, ०३ कात्तिक २०७४

आमिर खान र उनको फिल्मबारे नकारात्मक टिप्पणी गर्नु कमाल राशिद खान उर्फ केआरकेका लागि यति भारी पर्यो कि ट्वीटरले उनको अकाउन्ट नै ब्लक गरिदियो । वास्तवमा केआरकेले बिहिबार रिलिज भएको आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टारबारे तीन ट्वीट गरे जसमा उनले आमिरले उनलाई र उनीजस्तै अन्य पिताहरुलाई फिल्ममा गलत तरिकाले पेश गरेका छन् ।

‘सिक्रेट सुपरस्टार’ को क्लाइमेक्समा पिता एक्लै दुबई जाने जबकी आमा र छोरी भारतमा नै बस्छन् र छोरी सुपरस्टार बन्ने देखाइएको छ ।

उनले ट्वीटमा लेखेका छन्, ‘आमिर खान, यदि तपाईं यो पुष्टि गर्न चाहनुहुन्छ कि म र मजस्ता करोडौं पिता आफ्ना सन्तानलाई प्रेम गर्दैनन् भन्ने देखाउन चाहनुहुन्छ भने तपाईं आफ्नो फिल्मलाई ..... मा हाल्नुहोस् र रमाउनुहोस् ।’

अर्को ट्वीटमा उनले लेखेका छन्, ‘मिस्टर खान यदि तपाईं राम्रा पिता होइनन् वा तपाईंका पिता राम्रा थिएनन्, जसलाई तपाईं सम्मान गर्नुहुन्न भने यो नभन्नुहोस् कि हामी पनि आफ्ना सन्तानलाई प्रेम गर्दैनौं ।’

ट्वीटरविरुद्ध अदालत जानेछन् केआरकेः

केआरकेलाई विश्वास गर्ने हो भने उनी ट्वीटरविरुद्ध अदालत जानेछन् ।

उनका अनुसार पछिल्लो चार वर्षमा ट्वीटरमा आफ्ना लाखौं फलोअर्स बनाउनका लागि उनले निकै पैसा खर्च गरेका छन् ।

उनी भन्छन्, ‘उनको ट्वीटर अकाउन्ट यसकारण सस्पेन्ड गरियो किनभने उनले ‘सिक्रेट सुपरस्टार’ को कमी कमजोरी औंल्याएका थिए ।’

उनले मिडियासँगको कुराकानीमा भने, ‘म ट्वीटरमा कुनै नयाँ अकाउन्ट खोल्दिनँ किनभने उनीहरुले मेरो अकाउन्ट यसकारण बन्द गरे किनभने आमिर खान मलाई ट्वीटरमा हेर्न चाहँदैनन् । यसको अर्थ यो हो कि आमिर खान ट्वीटरका वास्तविक मालिक हुन् ।’

केआरकेले आफ्नो ट्वीटमा उनले न कसैलाई धम्की दिएको न नै कसैलाई गाली गरेको भनी स्पष्टिकरण दिएका छन् । त्यसकारण ट्वीटरसँग उनको अकाउन्ट ब्लक गर्ने अधिकार नभएको उनी बताउँछन् ।

४२ वर्षीया कमाल राशिद खान विवाहित हुन् र दुई सन्तानका पिता हुन् । उनकी श्रीमती आयशा, छोरा फैसल र छोरी फराह दुबईमा बस्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप