शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

शनिबार, ०५ असार २०७८, १८ : ५४
शनिबार, ०५ असार २०७८

लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए । 

शनिबार खसेको पहिरोबाट राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले भने, “अवरुद्ध सडक खुलाउन सडक कार्यालयसँग समन्वय भइरहेको छ, लगातारको वर्षाका कारण समस्या भएको छ ।” राजमार्ग अवरुद्ध हुँदा गोकुलेश्वर, दार्चुला जाने, दार्चुलाबाट फर्किने सवारी साधन ठप्प  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप