बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हेलम्बु गाउँपालिकाको सूचना : सेमेसिदाङ हिमाल मुनि पहिरो, अझै छ जोखिम

शनिबार, ०५ असार २०७८, १८ : ०८
शनिबार, ०५ असार २०७८

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एक सूचना जारी गर्दै अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । शनिवार सुचना जारी गर्दै गत असार १ गते बेलुकी करिव साढे ७ बजे मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण सोही गाउँपालिकाको वडा नं १ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो जानु उल्लेख गरिएको छ ।

 डा. रविन राज निरौलाले सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हाल सम्म एकिन नभएको बताएकोले  थप बाढी जान सक्ने हुँदा उच्च सावधानी अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप