शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारी नपाउने नेतालाई चित्त नदुखाउन एमालेको आग्रह

शुक्रबार, ०३ कात्तिक २०७४, १७ : २३
शुक्रबार, ०३ कात्तिक २०७४

काठमाडौँ । नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी नपाउने पार्टीका नेता कार्यकर्तालाई चित्त नदुखाउन आग्रह गरेको छ । 
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी भईरहेका बेला शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले उम्मेदवारी नपाएकै कारण चित्त नदुखाउन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको हो । पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैसेपाटीमा बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा त्याग गरेका नेताहरुलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ । अहिले त्याग गरेका नेताहरुलाई राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय पनि गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । 

एमालेले मुलुकको हितका लागि माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गर्नु परेको स्पष्ट पार्दै त्यसबाट निर्वाचनमा उम्मेदवार बन्न बञ्चित भएका नेता, कार्यकर्ताहरुलाई पनि चित्त नदुखाउन सचेत गराएको छ ।

एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीप्रतिको निष्ठा र लोकप्रियतालाई मुख्य आधार बनाएर उम्मेदवार चयन गरिएको पनि स्पष्ट पारेको छ ।

पहिलो चरणमा हुने ३२ जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा  एमाले ४१ र माओवादी केन्द्रले ३३ सिट लिने सहमति भईसकेको छ । दुवै दलले समानुपातिक तर्फभने आ–आफनै पार्टीबाट उम्मेदवारी दिएका छन् । 

आगामी आईंतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप