शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिलका मिल्खाले दिए रियल मिल्खालाई श्रद्धाञ्जली

शनिबार, ०५ असार २०७८, १२ : ५४
शनिबार, ०५ असार २०७८

भारतका छोटो दूरीका धावक मिल्खा सिंहको ९१ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको छ । उनको निधनमा धेरै सेलिब्रिटीहरुले सामाजिक सञ्जालमा शोक व्यक्त गरेका छन् । अभिनेता फरहान अख्तरले पनि एक भावुक सन्देशमार्फत मिल्खालाई श्रद्धाञ्जली दिए । 

‘भाग मिल्खा भाग’ फिल्म नामक बायोपिक फिल्ममा अख्तरले नै मिल्खाको चरित्र निभाएका थिए । फरहान अख्तरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय मिल्खा जी, तपाई यस दुनियाँमा हुनुहुन्न भनेर स्विकार्न मेरो एउटा हिस्साले अझै पनि सकेको छैन । हुनसक्छ यो त्यही जिद्दी हिस्सा हो, जो मलाई तपाईबाट विरासतमा मिल्यो । यो हिस्साले जब कुनै कुरा गर्ने मन बनाउँछ, तब कहिल्यै हार मान्दैन । र, सत्य यही हो कि तपाई सधैं जिवित रहनुहुन्छ । किनकी तपाई निकै ठूलो दिल भएका, मानिसहरुलाई प्रेम गर्ने, जोशिलो र जमिनसँग जोडिएको मानिस हुनुहुन्थ्यो ।’ 

अख्तरले अगाडि लेखेका छन्,‘तपाईले एउटा विचार र एएटा सपनाको प्रतिनिधित्व गर्नु भयो । मेहनत, इमानदारी र दृढ संकल्पबाट कोही पनि व्यक्ति घुँडाबाट उठेर आशा छुनसक्छ भनेर बताउनुभयो । तपाईले हामी सबैको जीवनलाई बुझ्नुभएको छ । जो मानिसले तपाईलाई एक पिता र एक साथीका रुपमा चिनेका थिए, उनीहरुलाई लागि यो एक आर्शिवाद थियो । र, जो मानिसले प्रत्यक्ष चिनेनन्, उनीहरुका लागि तपाई एक प्रेरणा स्रोत र सफलतामा पनि विनम्र हुनसक्ने प्रतिक बनिरहनु हुनेछ ।’ 

सिंहको शुक्रबार राति ११ः ३० बजे चण्डीगढ अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय कोरोनाबाट संक्रमित थिए । पाँच दिन पहिले मात्रै मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको पनि कोरोनाकै कारण निधन भएको थियो । 

मिल्खा सिंहले ४ सय मिटरको दौडमा एशियाली खेल र कमनवेल्थ खेलकुदमा पनि गोल्ड मेडल जितेका थिए । 

१९५८ को टोकियो एशियाली खेलकुदमा मिल्खा सिंहले २ सय मिटर र ४ सय मिटरको दौडमा गोल्ड मेडल जितेका थिए । त्यस्तै, उनले १९६२ को जकार्ता एशियाली खेलकुदमा ४ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा गोल्ड मेडल जितेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप