बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिका र वृद्धवृद्धालाई औषधि वितरण

शनिबार, ०५ असार २०७८, १२ : ४३
शनिबार, ०५ असार २०७८

नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाका वृद्ध र बालबालिकाका लागि आवश्यक औषधि वितरण गरेका छन् । 

नेपाली कांग्रेस भक्तपुरका नेता सन्तोष भट्टराई सञ्चालक रहेको औषधि कम्पनीले उपलब्ध गराएको झन्डै सुगर फ्री भिटामिन बी कम्प्लेक्स ,जुकाको औषधि अल्डोज ,सिटामोल ,एन्टिबायोटिक ,रुघाखोकीको औषधी गायत गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई हस्तान्तरण गरिएको छ । 

नेपाली कांग्रेस स्थानीय तह समन्वय केन्द्रीय बिभाग सदस्य भुवन खड्का (रामेछाप ) समेतको उपस्थितिमा सम्पुर्ण वार्डमा पुर्याउनका लागि वार्ड –२ अध्यक्ष भगवान घिमिरे ,३का दिलबहादुर श्रेष्ठ ,४का लालबहादुर श्रेष्ठ ,समाजसेवी राजेश तिमल्सिना ,मोट्प्रसाद सापकोटा ,बिनोद तिमल्सिना ,डिग्मान लामा,उत्तम अधिकारी ,कुमार घिमिरे ,र स्वस्थ्य शाखा प्रमुख प्रमोद तिमल्सिना ,दुर्गा पोखरेल लगायतले तत्काल बस्ती बस्तीमा  औसधि पुर्याउने बताएका छन् ।

नेता भट्टराईले आवश्यकता अनुसार थप औषधी सहयोग गर्न आफु तयार रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप