मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले डोजर पुरिँदा दुई बेपत्ता

शनिबार, ०५ असार २०७८, १२ : ३६
शनिबार, ०५ असार २०७८

जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।

धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा  खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप