शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन लिची

शनिबार, ०५ असार २०७८, १२ : ०४
शनिबार, ०५ असार २०७८

गर्मी मौसममा लिची बजारमा सजिल्यै पाउन सकिन्छ । स्वादिष्ट फल लिची पोषक तत्वले भरिपूर्ण हुन्छ । लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । 

फ्रि रेडिकल्सबाट बचाउँछ 
फ्रि रेडिकल्सले शरीरका कोशिकाहरुलाई बिगार्ने काम गर्छ । जसले गर्दा शरीरमा गम्भीर बिरामीहरु लाग्ने गर्छ । लिचीमा भिटामिन सी र फ्लेवोनोयडले भरपूर हुन्छ । यसले कोशिकाहरुलाई बिगार्नबाट बचाउँछ । लिचीले मुटु, क्यान्सर र आर्थराइटिस जस्ता रोगहरुबाट बचाउँछ । लिचीमा हुने एन्टिअक्सिडेन्टले शरीरमा भएका विषालु पदार्थ बाहिर निकाल्छ । 

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ 
लिचीमा हुने भिटामिन सीले शरीरलाई मौसमी संक्रमणबाट बचाउँछ । साथै, पुराना रोगहरुसँग लड्ने क्षमता पनि बढाउँछ । भिटामिन सीले रक्तकोशिकाहरु उत्पादन गर्ने र रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ । 

स्ट्रोकको खतरा कम गर्छ 
लिचीमा सोडियम र  कोलेस्ट्रोल नहुने भएकाले यसले मुटुमा आउने रोगहरु, उच्च रक्तचाप र एथेरोस्क्लेरोसिस जस्ता रोगहरुको सम्भावना कम गर्छ । 

लिचीमा भिटामिन बी३ हुने भएकाले कॉलेस्ट्रोल प्रणालीलाई नियन्त्रण गर्छ । यसले सकारात्मक कॉलेस्ट्रोललाई बढाउँछ र हानिकारक र रगतमा ट्राइग्लिसराइड्स  र नकारात्मक कॉलेस्ट्रोल  कम गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप