टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु
शनिबार, ०५ असार २०७८, १० : ५४
सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको हो ।
संचारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी समेत गरेका छन् । टिपर चालक भने सर्लाही प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।
यता नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले संचारकर्मी महतोको घटनाको छानबिन गरी दोषी उपर कारवाही तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४९ रनमा आउट भए आयरल्यान्डका ओपनर पिटर मुर, आरिफ शेखले बोल्ड गरे
-
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री
-
सागर ढकालले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
ब्राजिलमा कोकिनको क्याप्सुल निलेर नेपालमा तस्करी
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार