बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्रान्तिकारीद्वारा हेलम्बुमा राहत हस्तान्तरण

शनिबार, ०५ असार २०७८, १० : ०६
शनिबार, ०५ असार २०७८

सिन्धुपाल्चोकको वाढी पहिरोग्रस्त क्षेत्र हेलम्बु गाउँपालिकामा नेकपा( माओवादी केन्द्र ) निकट  अनेरास्ववियू (क्रान्तिकारी )को  केन्द्रीय टोलीले राहत हस्तान्तरण कार्यक्रम गरेको छ। 

अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार सांझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्वु लामा र स्थानीय नेता भरत थापा सहितको टोलीलाई राहत हस्तान्तरण गरेको थियोे ।

बाढी पीडितको निम्ति १३५ बोरा चामल, १०० केजी दाल , १०० थान ब्ल्यांकेट, १५० वटा सोलार लाइट, २ रोल म्याट्रेस, ७० थान टेन्ट र विभिन्न आधारभूत स्वास्थ्य सामग्री सहितको राहत हस्तान्तरण गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

राहत वितरण टोलीमा अध्यक्ष तामाङ , उपाध्यक्ष बस्नेत , अर्का उपाध्यक्ष तिलकराज भण्डारी , सचिव पवन कार्की , विद्यार्थी स्वयंसेवकका संयोजक संजय काल्धन सहितको केन्द्रीय टोली हेलम्बु पुगेको थियोे । यसैगरी अनेरास्ववियू (क्रान्तिकारी ) ले वाढिग्रस्त क्षेत्रमा संगठनका सम्पुर्ण नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा अहोरात्र खट्न निर्देशन गरिएको उपाध्यक्ष  बस्नेतले वताए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप