बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काबुलस्थित अमेरिकी दूतावासमा कोभिड–१९ बाट ११४ सङ्क्रमित, एकको मृत्यु

शुक्रबार, ०४ असार २०७८, २२ : ५३
शुक्रबार, ०४ असार २०७८

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा अत्यधिक व्यक्तिमा कोभिड–१९ सङ्क्रमणपछि दूतावास क्षेत्रलाई लकडाउन गरिएको छ । दूतावासका एक कर्मचारीको मृत्यु भएको र ११४ कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको युएसए टुडेले दूतावास अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ । धेरै कर्मचारी सङ्क्रमित भएपछि अमेरिकी अधिकारीहरुले अस्थायी कार्यस्थल बनाई प्रशासनिक कामलाई निरन्तरता दिइएको बताइएको छ । 

दूतावासको स्वास्थ्य एकाइका कर्मचारी शेन पियर्सद्वारा जारी सूचनामा भनिएको छ, “कोभिड–१९ को सङ्क्रमण काबुलस्थित अमेरिकी नियोगमा समेत देखिएको छ । शुक्रबारसम्म दूतावासका ११४ जना सङ्क्रमित भेटिएका छन् भने एकको मृत्यु भएको छ ।” 

दूतावास स्रोतका अनुसार अमेरिकी सैनिक अस्पतालमा सघन उपचार एकाइ तयार गरी  अक्सिजन चाहिने कर्मचारीहरूलाई सेवा दिइएको छ । भाइरसको पछिल्लो प्रकोपले विभिन्न देशमा रहेका अमेरिकी वैदेशिक सेवा संघ (एएफएसए) लाई प्रभाव पारेको छ । अमेरिकी राष्ट्रपति जो बिडेनलाई विदेशमा रहेका सबै सरकारी कर्मचारीहरूलाई केही अपवादको साथ खोप लगाउन पनि आग्रह गरेका छन् । एएफएसएका प्रमुख एरिक रुबिनले भने, “हाम्रो बुझाइ यो छ कि विश्वका प्रत्येक नियोग तथा दूतावासका लागि पर्याप्त खोप रहेको छ यसलाई समयमै लगाउन प्रशासनले आग्रह गर्दछ ।” 

अफगानिस्तानमा देशव्यापी सङ्क्रमणपछि गत हप्ता, अफगानिस्तानका अमेरिकी कूटनीतिक नियोगले दूतावासको कन्सुलर सेक्सनमा भिसा सञ्चालनलाई स्थगित गरेको थियो ।  दूताबासमासमेत प्रकोपको असर भेटिएपछि दूतावासको कन्सुलर सेक्सनले जुन १३ देखि अनिश्चित समयका लागि अति अत्यावश्यकबाहेकका काम स्थगित गरिरहेको छ ।” 

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानमा हालसम्म ९६ हजार ५३१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ भने सङ्क्रमितमध्ये तीन हजार ८४२ जनाको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप