फेसबुकमा नयाँ विशेषता थप्ने तयारी
वासिङ्टन । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विशेषता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ ।
कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विशेषताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो । पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ ।
अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् । फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ ।
कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेशन पनि जाने भएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण