बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोट क्षेत्र नम्बर २ मा साझा पार्टीबाट अधिकारीको उम्मेदवारी घोषणा

शुक्रबार, ०३ कात्तिक २०७४, १६ : ०५
शुक्रबार, ०३ कात्तिक २०७४

नुवाकोट— विवेकशील साझा पार्टीले नुवाकोटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा  पुरुषोत्तम अधिकारीलाई उम्मेदवारको रुपमा अघि सारेको छ । 

विवेकशील साझा पार्टी नुवाकोटले सर्वसम्मत रुपमा  अधिकारीलाई उम्मेदवारको रुपमा अघि सारेको हो । 

डेमोक्र्याटिक पृष्ठभूमिका  अधिकारी स्थानीय स्तरमा युवाहरुमाझ लोकप्रिय मानिन्छन्  । 

साझा पार्टीले अहिलेको राजनीतिक नेतृत्वबाट कुनै आश गर्न नसकिने भन्दै भरपर्दो वैकल्पिक शक्ति निर्माणमा जोड दिँदै आएको छ । 

विकास र भरपर्दो राजनीतिक शक्ति निर्माणका लागि पार्टीले अघि सारेको एजेण्डामा नुवाकोट क्षेत्र नम्बर २ का मतदाताले साथ दिनेमा अधिकारीले विश्वास व्यक्त गरे । 

उनले भने, ‘पूराना राजनीतिक शक्तिबाट जनता दिक्क भइसकेका छन् । युवाबाटै समृद्धि र सुसंस्कृत राजनीतिको विकासमा सहयोग हुन्छ भन्नेमा विश्वस्त छु।’

आगामी ५ गते उम्मेदवारी दर्तापछि आफूले प्रचारप्रसारको अभियानमा तीब्रता दिने पनि अधिकारीले बताए । 

नुवाकोट क्षेत्र नम्बर २ बाट   परम्परागत शक्ति कांग्रेसबाट अर्जुन नरसिंह केसी र एमालेबाट  नारायण खतिवडा वा महेन्द्र पाण्डेमध्येबाट एक जनालाई उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरेको छ । 

दुई  परम्परागत शक्तिका हस्तीहरु लड्न लागेको क्षेत्रमा भर्खरै टुसाउँदै गरेको विवेकशील पार्टीबाट अधिकारीको पनि उम्मेदवारी घोषणा भएको हो । 

विवेकशील साझा पार्टीले यसपटकको  निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्वको गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप