मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वसांसद परियारको निधन

शुक्रबार, ०४ असार २०७८, १८ : ४२
शुक्रबार, ०४ असार २०७८

नेपाली काँग्रेसका नेता  कृष्णसिंह परियारको निधन भएको छ ।  लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित  ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः ३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको  कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिए ।

विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित  परियारले राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । दलित समुदायबाट नेपालमै पहिलो पटक जननिर्वाचित  परियार बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भई पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दा कारागारसमेत परेका थिए ।

मानव मानवबीच हुने जातीय विभेद विरुद्धको आन्दोलनका अग्रणी  परियारका निधनबाट बाँके जिल्लामा लोकतान्त्रिक आन्दोलनको बलियो खम्बा ढलेको नेता ओलीले बताए ।  काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गरेका परियारलाई इमान्दार नेताका रुपमा लिने गरिन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप