शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुखले राष्ट्रपतिलाई भेटे

शुक्रबार, ०४ असार २०७८, १७ : ४१
शुक्रबार, ०४ असार २०७८

गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।  राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका हुन् ।  

राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बताइएको छ । विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्री सहितका सुरक्षा अधिकारी फर्केका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप