शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलाकार मनोज गजुरेल बने पर्यटन सद्भाव दूत ‘सिरिजङ्गाको छोरो’

शुक्रबार, ०४ असार २०७८, १२ : ३६
शुक्रबार, ०४ असार २०७८

हास्य कलाकार मनोज गजुरेल ‘सिरिजङगाको छोरो’ घोषित भएका छन् । ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका कलाकार गजुरेललाई सोही क्षेत्रको समग्र पर्यटन प्रवद्र्धनका लागि भन्दै ताप्लेजुङको सिरिजङ्घा गाउँ पालिकाले पर्यटन सद्भावना दूत सिरिजङगाको छोरो घोषणा गरेको हो । 

पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङगाको छोरो उपमाले परिभाषित गरेको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन् ।  सो अवसरमा पूर्व मन्त्री भट्टराईले कलाकार गजुरेललाई बधाई ज्ञापन गर्नुका साथै शुभकामना समेत व्यक्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप